पाकिस्तान
आइतबार पाकिस्तानी शहर लाहोरमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई लक्षित गरी एक व्यक्तिले जुत्ता प्रहार गरेका पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । जमिया नाइमिया नामक मश्जिदमा आयोजित मुश्लिम धर्मगुरु मफ्ती मोहम्मद हुसैन नाइमीको वार्षिक पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्ने क्रममा शरीफ माथि आक्रमण भएको बताइएको छ । पाकिस्तानमा पछिल्ला केही दिनमा उच्च स्तरीय राजनीतिक नेतृत्वलाई लक्षित गरी आक्रमण प्रयास भएका छन् ।
पूर्व प्रधानमन्त्री शरीफलाई जुत्ता आक्रमण प्रयास भएपनि शरीफले आफ्नो सम्बोधनलाई नरोके पनि छोट्ट्याउनु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले मृतात्माको शान्तिका लागि प्रार्थना गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै छोटो मन्तव्य मात्र राख्नु भएको थियो । उक्त अवसरमा मृतक धर्मगुरू नाइमियाको जीवन र योगदानको पूर्व प्रधानमन्त्री शरीफले प्रशंसा गर्नुभएको थियो । आक्रमणकारीलाई सभामा उपस्थित समूहले समाती कुटपिट गरी पछि प्रहरीलाई जिम्मा लगाएका थिए ।
घटनाको अनुसन्धान शुरु भएको पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई अतिविश्वास नदेखाउन पाकिस्तानी प्रतिपक्षी दल शेख रसिदलाई आग्रह गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको थियो ।
रासस /एएफपी































प्रतिक्रिया