काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हिमाल शर्माले काठमाडौँ–६ मा आफ्नो चुनावी अभियान तीव्र पारेका छन्। घरदैलो, युवा संवाद, टोलसभा र नागरिक भेटघाटमार्फत शर्मा मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्।
नेता हिमाल शर्मा, जसलाई युवा पुस्तामा ‘जिउँदा सहिद’ को उपनामले चिनिन्छ,उनी संघर्ष, नेतृत्व र वैचारिक प्रतिबद्धताको प्रतीकका रूपमा परिचित छन्।
आफ्नो चुनावी अभियानका क्रममा शर्माले सुशासन, रोजगारी, शिक्षा–स्वास्थ्य सुधार र भ्रष्टाचार अन्त्यलाई मुख्य प्राथमिकता बनाएका छन्। उनले युवा पलायन रोक्ने, सार्वजनिक सेवामा पारदर्शिता बढाउने र स्थानीय पूर्वाधार विकासमा जनसहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शर्माले आफ्नो अभियान सत्ता र पदको लागि नभई जनताको भरोसा जित्ने र सहिदहरूको सपना पूरा गर्ने संकल्पका साथ अघि बढिरहेको बताएका छन्। शर्माले काठमाडौं क्षेत्र नं. ६ को दिगो विकास र जेनजी पुस्ताको प्रतिनिधि नै आँफु भएकाले आफु निर्वाचनमा होमिएको जिकिर गरेका छन् । उनको अभियानले युवापुस्ता र नागरिक समाजको उल्लेखनीय समर्थन पाउँदै गएको छ । विप्लव नेतृत्वको पार्टी छाडेर चिरन्जीवी ढकाल लगायतका नेताहरु शर्मालाई जिताउन भन्दै नेकपामा प्रवेश गरेका छन् । शर्मालाई जेन जीहरुको पनि उत्तिकै साथ रहेको छ ।
यस्तै नेकपा पार्टीले समेत काठमाडौँ क्षेत्र नं. ६ मा निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । तारकेश्वर १० को अजिमा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा उम्मेदवार हिमाल शर्मालाई जिताउन नेता सुदेश पराजुलीको संयोजकत्वमा ६६६ निर्वाचन परिचालन समिति घोषणा गरेर अभियान लाई अगाडी बढाएका छन् ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल, कांग्रेसबाट सबुज बानियाँ, एमालेबाट अमन मास्के र राप्रपाका उद्धवराज भेटुवाल चुनावी प्रतिस्पर्धामा छन् ।































प्रतिक्रिया