डिपि अर्यालको नेतृत्वमा रास्वपामा ५१ सदस्यीय चुनाव समिति गठन

डिपि अर्यालको नेतृत्वमा रास्वपामा ५१ सदस्यीय चुनाव समिति गठन

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइ मत प्राप्त गर्ने लक्ष्यका साथ समिति गठन गरेको हो । रास्वपा केन्द्रीय समिति बैठकको निर्णय अनुसार उक्त समिति गठन गरेको पार्टी स्रोतले बताएको छ ।
समितिको सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहेका छन् । अर्याल नेतृत्वको समिति अन्तर्गत सातै प्रदेशमा समन्वय समिति गठन गरी समन्वय सचिव र सदस्यहरू समेत तोकिएका छन् ।

त्यसबाहेक ३ वटा विशेष समिति समेत गठन गरेको रास्वपाले जनाएको छ । जसमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक सम्न्वय उपसमिति र सञ्चार समन्वय समिति समेत गठन गरेको छ ।

Skip This
Skip This
Logo