काठमाडौं ।
भारतीय टिभी रियालिटी शो ‘कौन बनेगा करोडपति’ (केबीसी) को यस सिजनको पहिलो करोडपति बन्न सफल भएकी छिन् नाजिया नसीम । १२ औँ संस्करणमा चलिरहेको कार्यक्रममा उनले १५ वटा प्रश्नको सही जवाफ दिँदै १ करोड रुपैयाँ जितेकी हुन् ।
नाजियाले १२ औं प्रश्नमा पुगेर मात्र लाइफ–लाइन ‘फिफ्टी फिफ्टी’ प्रयोग गरेकी थिइन, उक्त प्रश्न १२ लाख ५० हजार रुपैयाँको प्रश्न थियो । त्यसैगरि उनले १४ औँ प्रश्नमा एक्सपर्टको सहायतामा ५० लाख जितेकी थिइन् ।
त्यस पश्चात १५ औं प्रश्नका रुपमा रहेको मनोरञ्जन क्षेत्रको प्रश्नको जवाफ मिलाउँदै उनले १ करोड जितेकी हुन् । नाजियाले त्यसपछिको प्रश्नको भने सामना गरिनन् ।
यस सिजनको पहिलो करोडपति बन्न सफल नाजियाले राख्ने विचारबाट कार्यक्रम प्रस्तोता अमिताभ बच्चन समेत प्रभावित बनेका थिए । विशेष गरेर समानता र महिला सशक्तिकरणको विषयमा नाजियाको बिचारबाट उनी प्रभावित बनेका हुन् । राँचीकी नाजिया गुरुग्रामको एक निजी कम्पनीमा काम ग्रुप म्यानेजरका रुपमा काम गर्दै आएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।





























प्रतिक्रिया