कांग्रेस देश बदल्ने अठोटसहित आएको छ: प्रवक्ता चालिसे

कांग्रेस देश बदल्ने अठोटसहित आएको छ: प्रवक्ता चालिसे

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल नयाँ युवाका भावनासहित नवीनसहित आएको बताएका छन् ।

कांग्रेसले सुरुआत गरेको ‘कांग्रेस डबली’ संवादका क्रममा आज आयोजित पहिलो संस्करणमा उहाँले बदलिएर आएको कांग्रेस गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यका साथ निर्वाचनमा होमिएको दाबी गरेका हुन् ।

“नवयुवाले चाहेको परिवर्तनसँगै कांग्रेसले पनि पार्टी, स्वरूप, शैली र आचरणमा परिवर्तन ल्याएको छ”, प्रवक्ता चालिसेले भने, “युवा पुस्तामा कांग्रेस आएको छ । आशाको सिर्जना भएको छ । कांग्रेस बदलेको मात्र होइन, देश बदल्ने अठोटका नीतिसहित आएको छ ।”

Skip This
Skip This
Logo