काठमाडौँ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिमा लक्ष्मी राईलाई अघि सार्ने तयारी गरेको छ । वाम गठबन्धनको उम्मेदवारले नै राष्ट्रपति सहितका पद हात पार्ने निश्चित रहेपनि कांग्रेसले सर्वसहमति हुन नदिन सहिद दिवानसिंह राईकी छोरी लक्ष्मीलाई मैदान उर्तान लागेको हो ।
वर्तमान राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिको गरीमा र मर्यादा कायम गर्न नसकेको जनाउँदै केन्द्रीय सदस्य मीन विकले बाम गठबन्धनको उम्मेदवार हेरेर कांग्रेसले निर्णय लिने बताए । पार्टीले राष्ट्रपतिमा उम्मेदवारी दिने नै आन्तरिक तयारी रहेको बताउँदै उनले भण्डारी बाहेक अन्य व्यक्तिलाई अघि सारे उम्मेदवारी नदिने संकेत गरे । ‘वर्तमान राष्ट्रपतिजीले संस्थाको मर्यादा कायम राख्न नसक्नु भएकाले उहाँलाई खुला नछोड्ने नै अहिले सम्मको कुरा छ,’ विकले भने, ‘उम्मेदवारको प्रकृति हेरेर पार्टीले निर्णय लिन्छ ।’
एमालेले हिजो अबेर वर्तमान राष्ट्रपति भण्डारीलाई नै उमेद्वार बनाउने निर्णय गरिसकेको छ भने काँग्रेसले यस विषयमा निर्णय गर्न आज विहान बैठक बोलाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया