काठमाडौँ
सरकारले बन्द भएका उद्योग पुनःसञ्चालनमा ल्याई स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न विशेष कार्ययोजना ल्याउने भएको छ । "/>

सरकारले बन्द उद्योगहरु पुनः सञ्चालनमा ल्याउने

सरकारले बन्द उद्योगहरु पुनः सञ्चालनमा ल्याउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सरकारले बन्द भएका उद्योग पुनःसञ्चालनमा ल्याई स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न विशेष कार्ययोजना ल्याउने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघसँग सिंहदरबारमा भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बन्द भएका उद्योग सञ्चालन गर्ने र लगानीको वातावरण बनाउने कार्यलाई प्रमुख प्राथमिकतामा राखिएको बताए । रोजगारीको अवसर वृद्धि गर्न साना तथा घरेलु उद्योगको विकासमा जोड दिनु पर्ने र त्यसका लागि सरकार र व्यवसायीको साझा प्रयत्न जरुरी रहेको मन्त्री यादवको भनार्इ थियो ।

हाल मुलुकभर करिब तीन लाख ५० हजार घरेलु तथा साना उद्योग दर्ता भई झण्डै दुई लाख ५० हजार उद्योग सञ्चालनमा रहेका छन् । घरेलु उद्योगको संख्या बढी भएपनि ती उद्योगले आकार ग्रहण गर्न नसक्दा आम जनमानसमा समेत ती उद्योग हुन् कि होइनन् भन्ने भ्रम पनि रहेको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मन्त्री यादवलाई जानकारी गराए । उद्योग धन्दाको विकास गर्दै आर्थिक समृद्घि हासिल गर्ने चुनावी घोषणापत्र मार्फत प्रतिबद्घता व्यक्त गरेर नयाँ सरकार स्थापित भएको स्मरण गर्दै मन्त्री यादवले भने, “हामी मुलुकमा औद्योगिकीकरणको प्रवद्र्घन र विकास गर्ने प्रतिबद्धताका साथ निर्वाचित भएका हौँ । उद्योगी व्यवसायी ढुक्क हुनुहोस् हामी आफ्ना प्रतिबद्धता पूरा गर्छौं ।”

मुलुकमा उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासका लागि सरकार, उद्यमी र श्रमिकबीच असल औद्योगिक सम्बन्ध रहनु पर्ने मन्त्री यादवको भनार्इ थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष गिरीले नयाँ सरकार गठन भएसँगै नेपाली जनताको आर्थिक समृद्धि र विकासको तीव्र चाहना मुखरित हुन थालेको भन्दै उद्योगी व्यवसायीको ठूलो अपेक्षा रहेको बताए । सरकार र निजी क्षेत्रको सहकार्यमा निर्यात गृह स्थापना गर्ने कार्यक्रम ल्याइएको भए पनि हालसम्म लागू हुन नसकेको भन्दै महासंघले सार्वजनिक निजी साझेदारीमा त्यस्तो गृह स्थापनाका लागि बजेट व्यवस्था गर्न आग्रह गरेको थियो । निरन्तर वृद्धि भइरहेको व्यापार घाटालाई कम गर्न र निर्यात वृद्धि गर्न नेपाली मौलिक उत्पादनको निर्यात बढाउनु पर्ने अध्यक्ष गिरीको आग्रह थियो ।
रासस

Skip This
Skip This
Logo