काठमाडौँ
राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् । भण्डारीलाई दोहोर्याउन नहुने पक्षधर नेताहरूले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन लबिङ गरिरहेका छन् ।
खनालले सार्वजनिक रूपमै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले निकटस्थ नेताहरूलाई यसपटक ‘ब्याक’ नहुने भन्दै स्थायी समितिमा भोटिङको स्थिति आए पनि सामना गर्ने भन्दै आश्वस्त पारिरहेका छन् । खनाल अघिल्लो पटक पनि राष्ट्रपतिको आकांक्षी थिए । केही समययता अध्यक्ष ओलीसँगको सम्बन्धमा चिसोपन बढेपछि उपाध्यक्ष वामदेव गौतम पनि खनाललाई राष्ट्रपति बनाउन लागेका छन् । उनले पार्टी बैठकमा खुलेरै खनाललाई समर्थन गर्ने बताइसकेका छन् ।
उता प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबाट पुनः अवसर दिने ‘ग्रिन सिंग्नल’ पाइसकेकी राष्ट्रपति भण्डारी पनि सक्रिय बनेकी छिन् । उनले टेलिफोन र निकटस्थ नेताहरू मार्फत ‘लबिङ’ तीव्र पारेकी छिन् । खुला लबिङ गर्दा पदीय मर्यादामा आँच पुग्ने कुरा प्रति सचेत देखिएकी भण्डारीले भित्र–भित्रै टेलिफोन र निकटस्थ नेताहरू मार्फत ‘क्याम्पेनिङ’ चलाएकी हुन् । उनी ओली र नेता माधवकुमार नेपालको सहयोगमा पुनः दोहोरिनेमा आश्वस्त छिन् ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया