रुपन्देहीमा स्कुल बस दुर्घटना, २२ विद्यार्थी घाइते

रुपन्देहीमा स्कुल बस दुर्घटना, २२ विद्यार्थी घाइते

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । रुपन्देहीमा स्कुल बस दुर्घटना हुँदा २२ जना विधार्थी भएका छन् । ओमसतियामा स्कुलबस र धान बोकेको ट्याक्टर आज बिहान साढे ६ बजे एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरी बताएको छ । नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८६७५ नम्बरको बस र लु३त ३५३० नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते २२ जना मध्ये दुईजनाको टाउकोमा चोट लागेको छ । अन्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । मणिग्रामस्थित शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी घाइते भएका हुन् ।

घाइतेमध्ये ११ जनाको युनिभर्सल मेडिकल कलेजमा र बाँकीको भीम अस्पताल भैरहवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुवै सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Skip This
Skip This
Logo