सशस्त्र प्रहरी बलद्वारा ठूलो मात्रामा लागूऔषध बरामद

सशस्त्र प्रहरी बलद्वारा ठूलो मात्रामा लागूऔषध बरामद

केन्द्रबिन्दु
0
Shares

महोत्तरी ।

सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोत्तरीले शान्ति सुरक्षा र चोरी तस्करी नियन्त्रणमा व्यापकरुपमा आफ्नो सुरक्षाफौजलाई तैनाथ गरेको छ ।

यस जिल्लाबाट हुने अवैध चोरी निकासी जस्ता घट्नालाई रोकथाम गर्ने काम र लागूपदार्थ ओसार पसारमा समेत आफ्नो ध्यान केन्द्रीत गर्दै आइरहेकोमा बुधबार जिल्ला महोत्तरी ,एकडाँडा गाउँपालिका वडा नं ३ भटौलियाबाट ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ ।

बरामद गरिएको मध्ये ११० केजी गाँजा, चोकर ३० बोरा, मोबाइल २ थान, नेपाली रूपैयाँ ८ हजार १५० रहेको छ । उक्त लागूऔषध ओसार पसारमा प्रयोग गरिएको ना ३ च ९६२४ नम्बरको बोलेरो पिकअपसहित उक्त लागूऔषध ओसार पसारमा संलग्न मकवानपुरको भिमफेदी २ बस्ने बर्ष ३० को अम्मरकुमार थिङ्गलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय जलेश्वर महोत्तरीमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नं ९ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले राज्यले संगठनलाई दिएको जिम्मेवारी र कर्तव्यको पुर्णरुपमा पालन गर्दै खुल्ला सीमाको कारण हुन सक्ने अवैध गतिविधि र जुनसुकै अवाञ्छित क्रियाकलापको रोकथाम र नियन्त्रणमा सशस्त्र प्रहरी बल सदैव सक्रिय रहने कुरा समेत बताए ।

Logo