निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्य फेरि बढ्यो

निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्य फेरि बढ्यो

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । दुई दिनसम्म उच्च गिरावट भएको सुनको मूल्यमा आज वृद्धि भएको छ । आज सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो ।

सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार पनि सुनको मूल्यमा उच्च गिरावट आएको थियो ।

मंगलबार सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ प्रतितोला पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ५ हजार २०० रुपैयाँ रहेको चाँदीको मूल्य आज ५ हजार ३३५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo