मुग्लिन सडकखण्ड आजदेखि फेरि दैनिक ६ घण्टा बन्द

मुग्लिन सडकखण्ड आजदेखि फेरि दैनिक ६ घण्टा बन्द

केन्द्रबिन्दु
0
Shares

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि फेरि दैनिक ६ घण्टा बन्द गरिने भएको छ । बिहीबार र शुक्रबार २४ सैं घण्टा गाडी चलाउन दिइएको भए पनि आजदेखि भने बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।

नारायणगढबाट मुग्लिन छिर्ने गाडीलाई भतेरी जंगलमा, काठमाडौंबाट छिर्नेलाई लेवाटारमा र पोखराबाट छिर्नेलाई आँबुखैरेनीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ । सडकको १६ किलोमिटर, घुमाउने, चेपाङ डाँडालगायतका ठाउँमा पहाड काट्न गाडी चलाउन रोक लगाइएको हो ।

Logo