चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने

चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

“राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्‍न मन्त्रिपरिषद्‌को बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु,” अर्थमन्त्री विष्णु पौडेलले सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

मंगलबार कोरोना पुष्टि भएपछि केसी मेडिसिटी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका छन् । उनलाई निमोनियाले पनि ग्रस्त बनाएको छ ।

Skip This
Skip This
Logo