नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित ‘प्रोटोन इमास ७’ बजारमा

नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित ‘प्रोटोन इमास ७’ बजारमा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रोटोन नेपाल अन्तर्गतको फुल साइज इलेक्ट्रिक एसयूभी ‘इमास ७’ ले नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ ।

मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारीसाधनका रूपमा परिचित इमास ७ प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिमार्फत नेपालमा उपलब्ध छ । इमास ७ को प्रमुख विशेषता भनेको यसमा जडान गरिएको एइजिस सर्ट ब्लेड ब्याट्री हो, जुन हाल उपलब्ध अत्याधुनिक ब्लेड टाइप लिथियम आयन फस्फेट ब्याट्री प्रविधिमध्ये एक हो ।

यसले नयाँ पुस्ताको ब्याट्रीले उच्च ऊर्जा घनत्व प्रदान गर्दै लामो ड्राइभिङ रेन्ज सुनिश्चित गर्दछ भने यसको लामो साइकल लाइफले दीर्घकालीन टिकाउपन र प्रदर्शनमा स्थिरता प्रदान गर्दछ ।

एइजिस सर्ट ब्लेड ब्याट्रीले उच्च चार्जिङ दक्षता पनि प्रदान गर्दछ । यसले ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म मात्र २० मिनेटमै चार्ज गर्न सक्ने क्षमता राख्दछ, जसले चार्जिङ समय उल्लेखनीय रूपमा घटाउँछ । सुरक्षालाई प्राथमिकतामा राखेर डिजाइन गरिएको यस ब्याट्रीमा आगो प्रतिरोधी संरचना छ, जसले चालक तथा यात्रु दुवैका लागि थप सुरक्षित बनाउँछ ।

यसका साथै ब्याट्रीको लेआउटका कारण प्रदर्शनमा सम्झौता नगरी इन्टेरियर क्याबिन स्पेस अधिकतम बनाइएको छ । छिटो चार्जिङ क्षमतासँगै न्यु युरोपियन ड्राइभिङ साइकल (एनईडीसी) प्रमाणित ४ सय ९२ तथा ५ सय ८५ किलोमिटरसम्मको प्रभावशाली ड्राइभिङ रेन्ज प्रदान गर्ने इमास ७ दैनिक सहरी यात्रादेखि लामो दुरीका यात्रासम्मका लागि उपयुक्त छ ।

Skip This
Skip This
Logo