काठमाडौं
एमाले अध्यक्ष केपी ओली र संघीय फोरम अध्यक्ष उपेन्द्र यादव बीच मंसिर अन्तिम साताबाट सुरु भएको सत्ता बाँडफाँडको छलफलले आइतबार सम्म निकास पाउने भएको छ । "/>

सत्ता बाँडफाँडको टुंगो आइतबार मात्रै

सत्ता बाँडफाँडको टुंगो आइतबार मात्रै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
एमाले अध्यक्ष केपी ओली र संघीय फोरम अध्यक्ष उपेन्द्र यादव बीच मंसिर अन्तिम साताबाट सुरु भएको सत्ता बाँडफाँडको छलफलले आइतबार सम्म निकास पाउने भएको छ । प्रधानमन्त्री ओली दुई पार्टी बीच बाँडफाँडको टुंगो लागेपछि आइतबारै सरकारलाई पूर्णता दिने तयारीमा छन् ।

फोरमले मन्त्रिपरिषदमा दोस्रो वरीयता सहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख मागेपछि वार्ता लम्बिएको हो । यादवले मन्त्रिपरिषदमा आफ्नो मर्यादाक्रमबारे विगतकै बैठकमा दाबी राख्दै आए पनि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट जवाफ नदिएको फोरम नेताहरूले बताएका छन् । ‘म दुई दुई पटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनु पर्छ’, मर्यादाक्रममा आफू अगाडि हुनु पर्ने कारण राख्दै यादवले भनेका छन् ।

एमाले सचिव प्रदीप ज्ञवालीले १५, १६ र १७ गते तीन दिन फोरमसँग तीव्र रूपमा परामर्श भएको र शनिबार समेत हुने भएकाले आइतबार सम्म सरकारले पूर्णता पाउन सक्ने बताए । उनले भने, ‘संविधान संशोधनमा एमाले ओपन छ ।’ फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विकास निर्माण र जनतासँग सरोकार राख्ने मन्त्रालयबारे कार्यदलस्तरमा छलफल भएको जानकारी दिए । ‘कुन मन्त्रालय भन्ने निश्चित भइसकेको छैन’, उनले भने, ‘पहिचानका मुद्दा मिलाउनु पर्छ । त्यसलाई व्यवस्थापन गर्न अलिकति समय त लागिहाल्छ । फेरि कसैले कसै माथि धोका दिने काम गर्नु हुँदैन भन्नेमा ठोस प्रतिबद्धता खोजिएको छ ।’
अन्नपूर्णबाट

Logo