नुवाकोट

चालक अनुमतिपत्र विना मिनीट्रक चलाएको भन्दै नुवाकोट प्रहरीले ५५ चालकलाई आज एकै दिन नियन्त्रणमा लिएर जरिवाना गरेको छ । "/>

चालक अनुमतिपत्र विना सवारी चलाउने ५५ चालक प्रहरी नियन्त्रणमा

चालक अनुमतिपत्र विना सवारी चलाउने ५५ चालक प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

नुवाकोट

चालक अनुमतिपत्र विना मिनीट्रक चलाएको भन्दै नुवाकोट प्रहरीले ५५ चालकलाई आज एकै दिन नियन्त्रणमा लिएर जरिवाना गरेको छ । जिल्लाका विभिन्न स्थानमा जाँच चौकी राखी सवारीसाधन जाँच गर्ने क्रममा आइचर मिनीट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हल्का सवारीसाधन चलाउने अनुमतिपत्र लिएका चालकले हेभी भेइकल चलाएकाले गाडी सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

नियन्त्रित चालकलाई दुई हजार जरिवाना गरी पहिलो पटकलाई छोडिएको प्रहरीले जनाएको छ । आज नियन्त्रणमा लिइएका चालक र गाडीको लगत राखी आगामी दिनमा यस्तै गल्ती दोहो¥याएमा सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइने प्रहरीको भनार्इ छ ।
रासस

Logo