काठमाडौं
गठन भएको दुई साता भइसक्दा पनि प्रदेश १ को सरकारले पूर्णता पाउन सकेको छैन । सरकार विस्तारमा मुख्यमन्त्री शेरधन राईले नै चासो नदिएको स्रोतको भनार्इ छ । "/>

कुन प्रदेशमा मन्त्रिपरिषदले पूर्णता पायो, कुनमा बाँकी ?

कुन प्रदेशमा मन्त्रिपरिषदले पूर्णता पायो, कुनमा बाँकी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
गठन भएको दुई साता भइसक्दा पनि प्रदेश १ को सरकारले पूर्णता पाउन सकेको छैन । सरकार विस्तारमा मुख्यमन्त्री शेरधन राईले नै चासो नदिएको स्रोतको भनार्इ छ । आवश्यक कानुन निर्माण भइसकेपछि मन्त्री र मन्त्रालयले परिणाममुखी काम गर्न सक्ने भएकाले सके सम्म मन्त्रिपरिषद्लाई ढिलै पूर्णता दिने राईको योजना छ ।

३ फागुनमा नियुक्त पाँच मन्त्रीले काम नपाएको अवस्थामा बाँकी मन्त्री थप्नुको अर्थ नहुने मुख्यमन्त्रीको कार्यालयका एक कर्मचारीले बताए । उनले भने, ‘शून्य अवस्थामा सुधार नआए सम्म सरकारलाई पूर्णता दिनुको अर्थ छैन ।’ प्रदेश २ मा दोस्रोपटक मन्त्रिपरिषद विस्तार भए पनि अझै राज्यमन्त्री थप्ने तयारी भएको छ भने प्रदेश ३ मा मुख्यमन्त्री चुनिएको १५ दिनपछि प्रदेश सरकारले पूर्णता पाएको छ ।

यता प्रदेश ४ मा एमालेमा आकांक्षी धेरै हुँदा मन्त्रिपरिषद विस्तारमा समस्या आएको बुझिएको छ । प्रदेश ५ मा तीन सदस्यीय मन्त्रिपरिषद गठन भएको दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रीका आकांक्षी धेरै भएका कारण पनि विस्तार गर्न समस्या देखिएको छ । यता प्रदेश ६ मा भने मन्त्रालय भागबन्डा नमिल्दा सरकार बनाउन दुई दिन ढिलो भएको थियो । कर्णाली प्रदेशको सरकारले ६ फागुनमै पूर्णता पाइसकेको छ । मुख्यमन्त्री नियुक्त भएको तीन दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । प्रदेश ७ मा पनि मुख्यमन्त्री त्रिलोचन भट्टले शपथ गरेकै दिन ५ फागुनमा मन्त्रिपरिषद्लाई पूर्णता दिए ।
नयाँपत्रिकाबाट

Logo