केन्द्रबिन्दु एक्सप्रेसः प्रलोपाका उम्मेदवार बर्खास्त, एक्लियो एमाले !

केन्द्रबिन्दु एक्सप्रेसः प्रलोपाका उम्मेदवार बर्खास्त, एक्लियो एमाले !

केन्द्रबिन्दु
12
Shares

२०८२ माघ २३ गते, दिनभरका समाचार

रास्वपा रौतहट -२ का उम्मेदवार सगिर आलमको गाडीले ठक्कर दिँदा चार वर्षीया बालिकाको मृत्यु प्रकरणमा ड्राइभरमाथि चलाइयो सवारी ज्यान मुद्दा, आफू गाडीमा नभएको भन्दै आलमले दाबी गरेपछि ड्राइभर परे फन्दामा, अनुसन्धानका लागि ५ दिन थुन्न दिइयो अनुमति

चुनावी तालमेल प्रस्ताव कांग्रेस र नेकपाले अस्वीकार गरेपछि एमाले अप्ठेरोमा, तालमेल गरेर फेरि प्रधानमन्त्री बन्ने एमाले अध्यक्ष ओलीको दाउ संकटमा

चितवन २ मा देखियो रोचक दृश्य, रास्वपा सभापति रवि लामिछाने र प्रतिस्पर्धी मीनाकुमारी खरेलबिच घरदैलो गर्ने क्रममा बाटोमै जम्काभेट, स्वस्थ प्रतिस्पर्धा गर्ने बाचा, सौहार्दपूर्ण रुपले साटे शुभकामना

रास्वपा वरिष्ठ नेता बालेन शाहको झापास्थित कार्यालयमा तोडफोड भन्दै एआई निर्मित फोटोको प्रयोग गरि भ्रम फैलाइएको खुलासा, झ्यालको सिसा मात्रै फुटेको प्रशासनको प्रष्टोक्ति, भ्रामक खबर फैलाउनेलाई कारबाही गरिँदै

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेविरुद्ध सामाजिक सञ्जालमा दुस्प्रचारको लाग्यो लाइन, ‘क्रिस्चियन’ देखाउने प्रयासमा दुई दिनमै १३५ पटक विकिपिडियाको विवरण सम्पादन गरिएको खुलासा, आफू हिन्दु नै भएको जिकिर गर्दै दिए साइबर ब्युरोमा उजुरी

आफ्नो निर्वाचन क्षेत्र झापा ५ पुगे एमाले अध्यक्ष ओली, आफूसँग भिड्छु र राजनीतिक सिक्छु भन्ने नाति पुस्तालाई स्वागत गर्ने भन्दै गरे प्रतिस्पर्धी बालेनलक्षित टिप्पणी

माघ ६ गते मात्रै हाजिर जमानीमा छुटेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ, निर्वाचन आयोगले निगरानी गर्न साइबर ब्युरोलाई पत्राचार गरेको खुलासा, बिना सर्त रिहा गर्न राप्रपाको माग

चुनावको ५ दिनअघि ओलीलाई जेनजी आन्दोलनमा दोषी ठहर्याएर जाँचबुझ आयोगले प्रतिवेदन निकाल्ने षड्यन्त्र गरिरहेको महेश बस्नेतको दाबी, विदेशी शक्ति र घरेलु षड्यन्त्रकारीहरू मिलेर मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने चलखेल भइरहेको आरोप

निर्वाचनको मुखैमा दल अदलबदल गर्दै नेताहरु, एमाले छाडेका बाह्रबिसेका पूर्वमेयर निमफुञ्जो शेर्पा नेकपामा प्रवेश, अर्कोतिर नेकपा बहुमतका ललितपुर इन्चार्ज सहित १५ नेताहरू भने कांग्रेसमा प्रवेश

पूर्वसभापति देउवासँग थप संवाद गर्ने कोसिस भएको सभापति गगन थापाको दाबी, घोषणापत्रको काम सकिएलगत्तै चुनावी अभियानमा निस्कने, पहिलो सभा ६ गते जनकपुरमा गर्ने

फेसबुकमा रास्वपालाई भोट मागेपछि पर्साका एक प्रहरी हवल्दारलाई कारबाही गर्ने तयारी हुँदै, आचारसंहिता उल्लंघन गरेको आरोप, विभागीय कारबाहीका लागि झिकाइयो जिल्ला प्रहरी कार्यालय पर्सा

भ्रष्टाचारको आहालबाट देशलाई बदलिएको कांग्रेसले मात्रै निकाल्न सक्ने भन्दै पोखरा पुगेर सभापति गगन थापाले गरे दाबी, आगो लगाउने होइन तर देश सम्हाल्ने शक्ति चाहिएको छ भन्दै रास्वपा वरिष्ठ नेता बालेनमाथि गरे कटाक्ष

रास्वपालाई समर्थन गरेपछि प्रलोपाले रुपन्देही ३ का आफ्ना उम्मेदवार गोविन्द काराखेतीलाई निकाल्यो पार्टीबाट, रास्वपालाई साथ दिदैं पारेका थिए आफ्नो उम्मेदवारी निश्क्रिय, पार्टीको हित विपरीत काम गरेको ठहर

स्पष्टीकरण सोधिएका ३४ जनामध्ये २४ उम्मेदवारले बुझाए निर्वाचन आयोगलाई जवाफ, अटेर गर्नेलाई अघि बढाइयो कारबाही प्रक्रिया

प्रतिनिधिसभा निर्वाचनपछि मात्रै पार्टीको केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिलाई पूर्णता दिने काग्रेंस सभापति गगन थापाको घोषणा, निर्वाचनपछि सदस्य मनोनीत गरि १५ औँ महाधिवेशनको तयारी थालिने

सामाजिक सञ्जालमा झापा ५, सर्लाही ४ का नेकपा उम्मेदवारको नाम समेत नआएपनि तथ्यांकले जित्ने देखाइसकेको संयोजक प्रचण्डको दाबी, नेकपा पहिलो पार्टी बन्ने दाबी, जनताले भोट हाल्ने त नेकपामै हो भनेको आफुलाई खबर आएको जिकिर

हेलिपोर्ट निर्माण भ्रष्टाचार प्रकरणमा नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी थुनामै रहने, सर्वोच्चबाट पनि सदर

विचाराधीन मुद्दामा विचार व्यक्त गर्दैमा अदालतको अवहेलना नहुने सर्वोच्चको व्याख्या, अभिव्यक्ति स्वतन्त्रतालाई साँघुरो दृष्टिकोणबाट हेर्न नहुने जिकिर

बगेर आउने ठोस फोहोरलाई रोक्न काठमाडौंको धोबीखोला र विष्णुमतिमा राखियो ट्र्यास बुम, अरु ११ ठाउँमा पनि राखिदैं, टुकुचामा पनि जडान गर्ने तयारी हुँदै

बेहुली लिएर आउँदा बैतडीमा भएको बस दुर्घटनाका मृतक परिवारलाई १/१ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय, घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने

बूढानीलकण्ठबाट साढे १८ लाख नगदसहित एक जना पक्राउ, स्रोत खुल्न नसकेको रकम बरामद भएपछि हिरासतमै राखेर बाँकी अनुसन्धान गर्दै प्रहरी

झापामा ‘सिरिन्ज’ आक्रमण हुँदा एक जनाको मृत्यु, अज्ञात व्यक्तिहरूको आक्रमण गरेको खुलासा, सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे अनुसन्धान गर्दै प्रहरी

६ महिनामा नेपालबाट ३३३ विदेशी नागरिक निष्कासित, ओभरस्टेदेखि धर्म परिवर्तनसम्मका गतिविधिमा संलग्न

आचारसंहिता विपरीतका १८१ वटा सूचना नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाइयो, वेभसाइड नै खोलेर आचारसंहिता विपरीत काम गरेकाले ४० वटालाई भने पठाइयो प्रेस काउन्सिलमा

आगामी निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नो खातामा सिधै चन्दा उठाउन नपाउने, चन्दा उठाउन नपाएपनि निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइने निर्वाचन आयोगको जिकिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा दम्पतीलाई बाँदरका रूपमा चित्रण गर्दै पोष्ट गरे भिडियो, डेमोक्रेट नेताहरूले गरे कडा निन्दा

पाकिस्तानको राजधानी इस्लामाबादमा विस्फोट हुँदा ३० जनाको मृत्यु, १३० जना घाइते, आत्मघाती हमला भएको आशंका

२०११ को फुकुसिमा आणविक प्रकोपपछि पहिलो पटक जापानले विश्वकै सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र पुनः सञ्चालनमा ल्याउँदै, फेब्रुअरी ९ मा रिएक्टर सुरु गर्ने योजना, सुरक्षा जोखिम नभएको दाबी

टि२० विश्वकपमा नेपालकै समूहमा रहेको ईटालीको वार्मअप खेलमा सनसनी प्रदर्शन, ब्याटिङ र बलिङमा सन्तुलित, ११२ रनले हरायो युएईलाई

टि२० विश्वकपमा भारतसँगको खेल बहिस्कार गर्ने निर्णय फिर्ता लिन पाकिस्तानलाई श्रीलंकाको आग्रह

Skip This
Skip This
Logo