काठमाडौँ
आज सुवर्ण शमशेर राणाको १०७ औं जन्म–जयन्ती  हो । नेपाली काँग्रेसको इतिहासमा उनको नाम स्वर्ण अक्षरले लेखिएको छ । "/>

काँग्रेसले नै विर्सियो संस्थापक नेता सुवर्ण शमशेरलाई

काँग्रेसले नै विर्सियो संस्थापक नेता सुवर्ण शमशेरलाई

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ
आज सुवर्ण शमशेर राणाको १०७ औं जन्म–जयन्ती  हो । नेपाली काँग्रेसको इतिहासमा उनको नाम स्वर्ण अक्षरले लेखिएको छ । तर त्यहि पार्टीले नै उनको जन्म दिन विर्सिएको छ । हालै सकिएका विभिन्न चरणका निर्वाचनहरुमा नराम्रो पराजय भोगेको काँग्रेसले शमशेरको योगदानलाई यसरी भुलिरहँदा उनी प्रतिको सम्मानमा आँच पुगेको आभास भएको छ ।

नेपाली कांग्रेसलाई आफ्नो संस्थापक नेता तथा पूर्व सभापति सुवर्ण शमशेर राणाको जन्म–जयन्तीको हेक्का त पक्कै होला तर यी महान् नेताको नाममा पार्टीको कुनै तहले पनि आज कतै–कुनै कार्यक्रम आयोजना गरेका छैनन् ।

हुन त सुर्वण शमसेरलाई काँग्रेसले मात्रै सम्झनु पर्ने होइन । उनलाई चिनाउने थुप्रै चिनारीहरु छन् । उनी नेपाल प्रजातन्त्र कांग्रेसको संस्थापक अध्यक्ष मात्रै होइनन् आधुनिक नेपालका प्रथम अर्थमन्त्री पनि थिए । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयका संस्थापक उपकुलपति तथा नेपाली कांग्रेसका पूर्वसभापति सुवर्ण शमशेर राणा कांग्रेसले मात्र सम्झनु पर्ने वा सम्मान गर्नु पर्ने व्यक्तित्व होइन । पूरै देश, प्रजातान्त्रिक आन्दोलन र कांग्रेसलाई समेत अतुलनिय योगदान दिएका राजनेता सुवर्ण शमशेरलाई कुनै न कुनै रूपमा राज्यले सम्झनु पर्ने हो । तर विडम्बना त्यो हुन सकेन । न उनलाई देशले सम्झ्यो न आफ्नै पार्टीले नै । यसरी विभिन्न चरणमा विभिन्न व्यक्तिहरुले दिएको योगदान भुल्दै जाने हो भने इतिहासको महत्त्व नै नरहन सक्छ । युवा पुस्ताले यसतिर ध्यान दिनु जरुरी छ ।

 

 

Skip This
Skip This
Logo