काठमाडौँ
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी वर्ष ७ हजार भन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ । "/>

नवौं कोरियाली भाषा परीक्षा जेठको अन्तिम साता हुने

नवौं कोरियाली भाषा परीक्षा जेठको अन्तिम साता हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी वर्ष ७ हजार भन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ । नवौं भाषा परीक्षा मार्फत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजार भन्दा बढी युवाको माग गर्ने गरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ । गत वर्षको भाषा परीक्षामा पास भइ रोजगार आवेदन दिएर प्रतिक्षा सूचीमा रहेका ११ हजार नेपालीलाई छनोट गरिरहेका बेला थप कामदार लैजान नवौं भाषा परीक्षा गर्न लागिएको हो ।

नेपाली युवा छनोटका लागि चैतको दोस्रो साता अनलाइन मार्फत परीक्षा आवेदन माग गरिने योजना रहेको ईपीएस कोरिया शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले बताए । शाखाको अनुरोधमा कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले पठाएको जानकारी अनुसार ५ हजार उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार भन्दा बढी कामदार माग गर्ने गरी भाषा परीक्षाको तयारी गर्न ईपीएसलाई अनुरोध गरेको छ । भाषा परीक्षाका लागि वि.सं. २०३४ चैत १० गते देखि २०५६ चैत ९ गते भित्रको जन्म मिति भएका नेपालीले आवेदन दिन सक्ने शाखाले जनाएको छ ।
कारोबारबाट

Skip This
Skip This
Logo