काठमाडौं । बुटवलको मुटुमा अवस्थित प्रिमियम होटल हायात प्लेस बुटवलले प्रेमी–प्रेमिकाहरूको सम्बन्धलाई अझ प्रगाढ र आत्मीय बनाउने उद्देश्यले ‘एन इभिनिङ ड्याट लिङ्गर्स’ मात्र १४ हजार ९९९ (नेट) पर्न जाने विशेष प्याकेज ल्याएको छ ।
शान्त वातावरण र स्तरीय आतिथ्य सत्कारको खोजीमा रहेका जोडीहरूका लागि यो प्याकेज एक उत्कृष्ट रोजाइ बन्न सक्छ ।
के छ त यस रोमान्टिक प्याकेजको विशेषता ?
अविस्मरणीय बसाई र खानपान
यस प्याकेज अन्तर्गत, जोडीहरूले ‘वान-नाइट स्टे’ सँगै ‘ब्रेकफास्ट इन बेड’, भव्य रोमान्टिक ‘बुफे डिनर’, र दुई गिलास ‘स्पार्कलिंग वाइन’ तथा ‘सट्स’ को मज्जा लिन सक्नेछन्। साथै, आफ्नो बसाईलाई अझ आरामदायी बनाउन जोडीहरूले ‘अनवाइन्ड टुगेदर’ अफर मार्फत ६० वा ९० मिनेटको ‘स्पा सेसन’ बुकिङ गर्दा १५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन्। यसले जोडीहरूलाई सँगै रिल्याक्स गर्न र तरोताजा महसुस गर्न मद्दत गर्नेछ।
शान्त र मनोरम वातावरण
होटलमा १०९ वटा फराकिला ‘रुम’हरू उपलब्ध छन्, जहाँबाट हरियाली जंगल र डाँडाकाँडाको मनमोहक दृश्य देख्न सकिन्छ। आधुनिक सुख-सुविधा र शान्त वातावरणको उत्कृष्ट समिश्रण रहेको यो होटल, एकान्तमा समय बिताउन र एक-अर्कासँग नजिकिन चाहने जोडीहरूका लागि उत्तम गन्तव्य हो।
विशेष डिनर डेट र सेफको भनाई
‘डिनर डेट’ का लागि होटलको ‘जिङ बार’ मा अन्तर्राष्ट्रिय परिकार र स्थानीय स्वाद मिसिएका ‘ककटेल’हरूको विशेष सेलेक्सन उपलब्ध छ। हायात प्लेस बुटवलका ‘हेड सेफ’ उमेश तामाङ भन्छन्, “यस ‘भ्यालेन्टाइन्स डे’ मा हामीले जोडीहरूका लागि एउटा असाधारण ‘मेनु’ तयार गरेका छौं। ‘जिङ रेस्टुरेन्ट’ को सांस्कृतिक र आकर्षक डेकोरका बीच मौलिक स्वाद पस्किँदा जोडीहरूले एक-अर्कासँगको सामीप्यता अझ बढी महसुस गर्नेछन्।”
बुटवलको रोमान्टिक परिवेश
होटल बाहिर पनि बुटवलको प्राकृतिक र सांस्कृतिक रौनकताले जोडीहरूलाई लोभ्याउनेछ। मणिमुकुन्द सेन पार्कको शान्त टहलाई, जितगढी किल्लाबाट देखिने मनोरम दृश्य, सिद्धबाबा मन्दिरको आध्यात्मिक शान्ति, वा तिनाउ नदी किनारमा रमाउन सकिने अवसरले बुटवललाई रोमान्टिक बनाएको छ।
प्रेम र आत्मीयताको उत्सव
वरपरका पार्कहरू र शान्त गोरेटोहरूले यहाँको अनुभवलाई अझ आत्मीय बनाउँछन्। चाहे त्यो साँझको हिँडाइ होस्, ‘स्पा’ को आनन्द होस् वा हात समाएर सहर घुम्ने रहर; ‘हयात प्लेस बुटवल’ ले तपाईंको ‘भ्यालेन्टाइन्स डे’ लाई प्रेम, सम्बन्ध र साथको एक अविस्मरणीय उत्सवमा बदल्ने वाचा गर्दछ।





























प्रतिक्रिया