काठमाडौं
सर्वोच्च अदालतले ‘मैना सुनार हत्या प्रकरण’ मा जिल्ला अदालत काभ्रेको फैसला बदर माग दाबी गरिएको मुद्दामा सम्बन्धित सबै मिसिल झिकाउने आदेश गरेको छ । "/>

काभ्रेकी मैना सुनार हत्या प्रकरणमा सर्वोच्चले मगायो मिसिल

काभ्रेकी मैना सुनार हत्या प्रकरणमा सर्वोच्चले मगायो मिसिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
सर्वोच्च अदालतले ‘मैना सुनार हत्या प्रकरण’ मा जिल्ला अदालत काभ्रेको फैसला बदर माग दाबी गरिएको मुद्दामा सम्बन्धित सबै मिसिल झिकाउने आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बम कुमार श्रेष्ठको संयुक्त इजलासले पाटन उच्च अदालतमा रहेको मिसिल झिकाउन आदेश दिएको हो ।

चार महिना अघि पनि सर्वोच्चबाट काभ्रे जिल्ला अदालतमा रहेको मिसिल मगाउने आदेश भएको थियो । जिल्ला अदालतको मिसिल सर्वोच्च आइसकेको छ । काभ्रे जिल्ला अदालतको फैसला साधक सदरका लागि उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ । मैनाको मुद्दामा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि सर्वोच्चले आवश्यक कारबाहीका लागि मुद्दा दर्ता गर्न परमादेश जारी गरेको थियो । त्यस सम्बन्धी फाइल समेत मगाउने आदेश भएको हो । उच्च अदालत पाटन र सर्वोच्चमै रहेका मिसिल अध्ययनपछि मुद्दाको टुंगो लाग्नेछ । काभ्रे जिल्ला अदालतले द्वन्द्वको निहुँमा निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई गत वैशाखमा २० वर्ष कैद सजायको फैसला सुनाएको थियो। सोही फैसला उल्ट्याउन सेनाले सर्वोच्चमा रिट दायर गरेको छ ।

१५ वर्षीया मैनालाई २०६० फागुन ५ मा काभ्रे पाँचखाल स्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका सैनिकले घरमै गएर पक्राउ गरेका थिए । मैनाका आमाबाबुले विभिन्न निकायमा निवेदन दिँदै उनको खोजीकार्य जारी राखेका थिए । सेनाले हत्यापछि २०६१ वैशाख ५ मा मैनाका परिवारलाई उनको मृत्यु भएको खबर दिएको थियो । त्यसपछि २०६२ मंसिर २१ मा मैनाकी आमा देवी सुनारले जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दिएकी थिइन् । सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि सर्वोच्चमा निवेदन परेको थियो । सर्वोच्चले मुद्दा दर्ता गर्न परमादेश जारी गरेपछि प्रक्रिया अघि बढेको थियो ।
नागरिकबाट

Skip This
Skip This
Logo