काठमाडौं
राजनीतिक व्यवस्थामा भएको परिवर्तन संस्थागत गर्ने सबैभन्दा संवेदनशील मोडमा सरकारले करिब पाँच हजार अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाशमा पठाउने तयारी गरेको छ । "/>

कर्मचारी अवकाशका नाममा १५ अर्बको दोहन

कर्मचारी अवकाशका नाममा १५ अर्बको दोहन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
राजनीतिक व्यवस्थामा भएको परिवर्तन संस्थागत गर्ने सबैभन्दा संवेदनशील मोडमा सरकारले करिब पाँच हजार अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाशमा पठाउने तयारी गरेको छ । प्रदेश र स्थानीय तहलाई संस्थागत गर्ने महत्वपूर्ण समयमा एकातिर कर्मचारीकै अभाव छ र अनुभवी कर्मचारी भने आकर्षक आर्थिक प्याकेज सहित घर फर्कंदै छन् ।

स्वेच्छिक अवकाशका लागि मंगलबार सम्म चार हजार सात सय ६४ जनाले सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएको तथ्यांक आइपुगेको स्वेच्छिक अवकाश समन्वय इकाइका उपसचिव धर्मराज रोकायले जानकारी दिए । म्याद सकिए पनि देशभरका विभिन्न कार्यालयमा दर्ता भएका निवेदन संकलन गर्न अझै १२ दिन बाँकी रहेकाले अवकाश रोज्ने कर्मचारीको संख्या बढ्ने मन्त्रालयले जनाएको छ ।

करिब पाँच हजार कर्मचारीले निवेदन दिएको अनुमान सामान्य प्रशासन मन्त्रालयको छ । पाँच हजार कर्मचारीलाई घर पठाउन करिब १५ अर्ब खर्च हुनेछ । मन्त्रालयका सचिव शंकर कोइरालाका अनुसार स्वेच्छिक अवकाशमा जाँदा सचिवस्तरका कर्मचारीले ३० देखि ३५ लाख सम्म एकमुष्ट रकम पाउनेछन् । कर्मचारीको ग्रेड र सेवा अवधिको हिसाब हुने भएकाले एकै तहको कर्मचारीको पनि रकम फरक–फरक हुन सक्नेछ ।
नयाँपत्रिकाबाट

Logo