काठमाडौं
संविधान संशोधन सुनिश्चित गरेर संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन आज सहमति हुने एमाले नेता सुवास नेम्वाङले बताएका छन्  । "/>

फोरमलाई सरकारमा सहभागी गराउन संविधान संशोधन सहितका बुँदामा आज सहमति हुँदै

फोरमलाई सरकारमा सहभागी गराउन संविधान संशोधन सहितका बुँदामा आज सहमति हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
संविधान संशोधन सुनिश्चित गरेर संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन आज सहमति हुने एमाले नेता सुवास नेम्वाङले बताएका छन्  । सोमबार सत्तारुढ दल र फोरम बीच भएको छलफल निष्कर्ष उन्मुख रहेको र आज सामान्य छलफलपछि सहमतिपत्रमा हस्ताक्षर हुने नेम्वाङले बताए ।

‘फोरम सरकारमा जानेबारे छलफल निष्कर्षउ न्मुख भएको छ । बुधबार करिब एक घन्टा छलफल भएर सहमति हुनेछ,’ नेम्वाङले भने, ‘संविधानको कुन–कुन विषय संशोधन गर्ने सहमति दुवै पक्षले मस्यौदा बनाएर बुधबार टुंग्याइनेछ ।’ आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न एमाले विगत देखि नै लचक रहेकाले फोरमसँग सहमति नजिक पुग्न सहज भएको पनि उनले बताए । फोरमले कति र कुन मन्त्रालय पाउने टुंगो पनि आजै लाग्नेछ । प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवले यो विषय टुंग्याउने छन् । फोरम सरकारमा सहभागी हुने विषयमा मंगलबार एमाले नेता नेम्वाङ र फोरमका राजेन्द्र श्रेष्ठ तथा राम सहाय यादव बीच छलफल भएको थियो ।
नयाँपत्रिकाबाट

Logo