बैंकमा पैसाको थुप्रो, बजारमा कर्जाको खडेरी

बैंकमा पैसाको थुप्रो, बजारमा कर्जाको खडेरी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । बैंकहरूमा पैसा थुप्रिँदै गएको छ, तर त्यो पैसा कर्जामा जान सकेको छैन। यही कारण नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ तानेर तरलता व्यवस्थापन गर्न लागेको छ ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरण (रिभर्स रिपो) प्रयोग गर्दै ४२ दिनका लागि ५० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको हो। बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

पछिल्लो तथ्यांकले बैंकिङ प्रणालीमा गम्भीर असन्तुलन देखाउँछ। हाल बैंक तथा वित्तीय संस्थाहरूमा झण्डै ७७ खर्ब रुपैयाँ निक्षेप छ, तर कर्जा प्रवाह भने करिब ५८ खर्ब रुपैयाँमै सीमित छ। यसले कर्जा माग कमजोर रहेको स्पष्ट संकेत गर्छ।

सीडी रेसियो औसत ७४ प्रतिशत मात्र हुँदा बैंकहरूसँग १२ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थन्किएको छ। तर उद्योग, व्यापार र उपभोक्ताबाट कर्जाको माग नआउँदा त्यो पैसा चलायमान हुन सकेको छैन।

कर्जा नबढ्दा बैंकहरू मात्र होइन, केन्द्रीय बैंकमाथि पनि दबाब बढेको छ। अत्यधिक तरलताले ब्याजदर, बजार र मौद्रिक स्थिरतामा असर नपरोस् भनेर राष्ट्र बैंकले रिभर्स रिपोमार्फत लगातार पैसा सोस्दै आएको छ ।

अर्थतन्त्र सुस्त रहँदा बैंकमा पैसा धेरै तर काम कम भएको अवस्था अहिलेको मुख्य चुनौती बनेको छ ।

Skip This
Skip This
Logo