बाँके
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक पुष्प राना क्षेत्रीलाई २८ हजार घुस सहित नियन्त्रणमा लिएको छ । "/>

घुस लिदैं गरेको अवस्थामा फार्मेसी निरीक्षक पक्राउ

घुस लिदैं गरेको अवस्थामा फार्मेसी निरीक्षक पक्राउ

केन्द्रबिन्दु
0
Shares

बाँके
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक पुष्प राना क्षेत्रीलाई २८ हजार घुस सहित नियन्त्रणमा लिएको छ । निरिक्षक रानालाई घुस लिदै गरेको अवस्थामा अख्तियारको टोलीले रेस्टुरेन्टबाट रंगेहात पक्राउ गरेको हो ।

रेष्टुरेन्टमा बोलाएर सेवाग्राहीबाट लिएको २८ हजार नगद रुपैयाँ र सुकुटी माछा सहित पक्राउ गरिएको आयोगको कार्यालय कोहलपुरले जनाएको छ । अख्तियारका अनुसार क्षेत्रीले मेडिकलसँग अवैध रुपमा रकम माग्ने गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गरेको बताएको छ । अहिले क्षेत्री थप अनुसन्धानका लागि अख्तियारको नियन्त्रणमा छन् । रानाले भने सुकुटी खान बोलाएको भन्दै फसाएको बताए । यस विषयमा मलाई जानकारी नै थिएन रानाले भने ।
नेपाल समाचारपत्रबाट

Logo