आज फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेछ त कारोवार ?

आज फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेछ त कारोवार ?

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सुनचाँदीको मूल्य आज फेरी बढेको छ । नेपाली बजारमा सोमबार सुनको मूल्य ४१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजको मूल्यअनुसार सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ कायम भएको छ ।

आइतबार (माघ २५) मा सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदी तोलामा २४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २५० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन भने पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

Skip This
Skip This
Logo