प्रधानमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

केन्द्रबिन्दु
39
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता भएको छ। भेटमा दुई देश विचको सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि राजदूत श्रीवास्तवलाई धन्यवाद व्यक्त गरिन् ।

निर्वाचन सहज, पारदर्शी र सुरक्षित रूपमा सम्पन्न गर्न भारतले सवारी साधन, उपकरण र अन्य आवश्यक सामग्री उपलब्ध गराएकोमा नेपाल सरकारको तर्फबाट कार्कीले आभार व्यक्त गरिन् ।

भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव सहयोग गर्ने र मित्रवत् छिमेकीको नाताले नेपालको निर्वाचन सफल बनाउन योगदान दिने आफ्नो कर्तव्य भएको बताए । उनले भने, “नेपालमा लोकतान्त्रिक र संवैधानिक स्थिरता कायम हुनु भारतका लागि पनि महत्वपूर्ण छ।”

प्रधानमन्त्री कार्कीले निर्वाचनका समयमा छिमेकी मित्रराष्ट्र भारतसँग सहयोगको अपेक्षा व्यक्त गर्दै, लोकतान्त्रिक अभ्यासमा सकारात्मक साझेदारी आवश्यक रहेको औंल्याइन्।

Skip This
Skip This
Logo