सागर ग्रुपद्धारा आयोजित ‘बेलियो एक्सपेरियन्स २०२६’ सफलतापूर्वक सम्पन्न

सागर ग्रुपद्धारा आयोजित ‘बेलियो एक्सपेरियन्स २०२६’ सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । काठमाडौंको कलंकीस्थित बेलियो एक्सपेरियन्स सेन्टरमा आयोजित चौथो संस्करणको ‘बेलियो एक्सपेरियन्सः टेक्नोलोजी एन्ड लाइफस्टाइल मिट एन्ड ग्रिट एक्स्पो’ भव्यताका साथ सम्पन्न भएको छ ।

सागर ग्रुपको आयोजना तथा एक्स ल्याबको मुख्य सहकार्यमा माघ २२ गतेदेखि सुरु भएको यो ६ दिने एक्स्पोले प्रविधि र दैनिक जीवनशैलीलाई एकै ठाउँमा जोडेर आगन्तुकहरूलाई अनौठो अनुभव प्रदान गरेको थियो । यो एक्स्पो बिजनेस टु बिजनेस (बिटुबी) र बिजनेस टु कन्जुमर (बिटुसी) दुवै अवधारणामा आधारित थियो, जसले ५०० भन्दा बढी कर्पोरेट तथा व्यावसायिक व्यक्ति, डिलर–रिसेलर, अन्तिम उपभोक्ता, विद्यार्थी र प्रविधिप्रेमीहरूलाई एकै मञ्चमा ल्याएको थियो । अनुभवात्मक प्रदर्शनीको मुख्य उद्देश्यका साथ आयोजित कार्यक्रममा लाइभ प्रोडक्ट डेमो र अन्तरक्रियात्मक सहभागितालाई विशेष प्राथमिकता दिइएको थियो ।

एक्स्पोको सबैभन्दा ठूलो आकर्षण टार्गेट गेम डिस्काउन्ट जोन रहेको थियो, जहाँ खेलको नतिजाअनुसार बेलियोका उत्पादनहरूमा आकर्षक छुट प्रदान गरिएको थियो । यस्तै, एक्स ल्याबको लाइफस्टाइल बुथले सबैभन्दा बढी आगन्तुक तानेको सागर ग्रुपका बिओडी कन्सल्टेन्ट तथा इभेन्ट को–अर्डिनेटर बिमलराज रेग्मीले बताए ।

एक्स्पोमा अन्य रोचक आकर्षणका रुपमा इन्स्ट्यान्ट फोटो प्रिन्टिङ सुविधासहितको फोटो बूथ पनि राखिएको थियो, जहाँ आगन्तुकहरूले आफ्नो फोटो खिचेर तुरुन्तै प्रिन्ट लिएर सम्झना बोकेर फर्किएका थिए । त्यसैगरी सहभागिता बढाउन भिजिट प्वाइन्ट प्रणाली लागू गरि आकर्षक उपहारहरू पनि वितरण गरिएको थियो । यसबाहेक, पिओयस समाधान, कन्ज्यूमएबल्स, वेलनेस, कनेक्टिभिटी र प्रिन्टिङ प्रविधिसम्बन्धी छुट्टाछुट्टै जोनहरूले आगन्तुकहरूलाई लक्षित जानकारी प्रदान गरिएको थियो ।

एक्स्पोमा एक्स ल्याब, ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, नेक्सस, चैतन्य, मेरो ग्यालेक्सीलगायतका स्टलहरू राखिएका थिए । एक्स ल्याबका वेलनेस र पिओयस प्रोडक्ट, ब्रदर तथा कोनिका मिनोल्टाका आधुनिक प्रिन्टरहरू र इनेक्स (एनइसी) का क्यामेराहरूको प्रत्यक्ष डेमोले अवलोकनकर्ताहरुको विशेष ध्यान खिचेको थियो ।

त्यसैगरी कार्यक्रममा विद्यार्थीहरूको पनि उल्लेखनीय उपस्थिति देखिएको थियो, जसले युवा पुस्तामा पनि प्रविधिप्रति बढ्दो रुचिलाई देखाएको छ । एक्स्पोअघि माघ २१ गते आयोजित प्रेस मिटले पनि विभिन्न सञ्चारमाध्यमको राम्रो सहभागिता पाएको थियो । इभेन्ट को–अर्डिनेटर रेग्मीका अनुसार आगन्तुक, सहभागी ब्रान्ड र सञ्चारमाध्यमबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।

एक्स्पोमा सहभागी अवलोकनकर्ताहरुले नयाँ इनोभेसन हेर्न पाउँदा, एकै छानामुनी धेरै प्रोडक्टको अनुभव लिन पाउँदा र विभिन्न गिफ्ट ह्याम्परहरु पाउँदा निकै प्रफुल्लित देखिन्थे । त्यसैगरी सागर ग्रुपले कार्यक्रम सफल बनाउन योगदान पु¥याउने सबै आगन्तुक, साझेदार ब्रान्ड र सञ्चारमाध्यमप्रति हार्दिक धन्यवाद पनि व्यक्त गरेको छ ।

Skip This
Skip This
Logo