राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि

राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि

केन्द्रबिन्दु
15
Shares

नवलपुर। आगामी फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेलमैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सातवटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको मेयर्स ११ गरी आठ टिम सहभागी हुने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगितामा विजयी हुने टोलीलाई रु तीन लाख, उपविजेताले रु दुई लाख, म्यान अफ द सिरिजलाई रु २५ हजार, उत्कृष्ट ब्याट्सम्यान , बलर, फिल्डर तथा किपराई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने छ ।

Skip This
Skip This
Logo