जनकपुरधाम
प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश सरकार सञ्चालनमा संघीय कर्मचारीबाट सहयोग नभएको गुनासो गरेका छन् ।
मुख्यमन्त्री राउतले संघीय कर्मचारीले असहयोग गरेपछि केन्द्रीय सरकारबाट सहयोगका लागि प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् । प्रदेशमा केन्द्रबाट पठाइएका कर्मचारीहरु हाल सम्म उपस्थित नभएको पनि उनले गुनासो गरेका छन् । कर्मचारी सहित प्रदेश सरकारका लागि आवश्यक स्रोत साधन समेत अभाव रहेको भन्दै मुख्यमन्त्री राउतले सहयोग गरिदिन प्रधानमन्त्री ओलीलाई पत्र नै पठाएका छन् । राउतले फागुन ३ गते प्रदेश सरकार गठन भए पनि सरकारको काम अघि बढाउने क्रममा संघीय कर्मचारीहरु असहयोगी भइरहेको तथा कर्मचारी अभावका कारण कार्यसम्पादन समेत हुन नसकेको कुरा पत्रमा उल्लेख गरेका छन् ।
‘प्रदेश २ को आफ्नै प्रकारको सुरक्षा संवेदनशीलता छ । यसबारे म प्रान्तीय सरकारको मुख्यमन्त्री र मेरा मन्त्रिमण्डलका साथीहरु तथा प्रान्तका अन्य महत्वपूर्ण पदाधिकारीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीबाट हामीले सहयोग प्राप्त गर्न नसकेको अनुभूति भएको छ’, प्रधानमन्त्रीलाई पठाइएको पत्रमा भनिएको छ ।समय समयमा अनावश्यक प्रान्तीय सरकारको काममा अवरोध हुनेगरी निर्देशनहरु पनि संघीय मन्त्रालयहरुबाट जारी हुने गरेको भन्दै राउतले असन्तुष्टि जनाएका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया