काठमाडौं ।  नेपाल र भारत प्रबुद्ध समूह (इपिजी) को बैठक आजदेखि काठमाडौंमा बस्ने भएको छ ।  दुई दिनसम्म चल्ने बैठकमा दुई देशबीचको सम्बन्धका विभिन्न् बिषयमा छलफल हुनेछन । "/>

प्रबुद्ध समूहको बैठक काठमाडौंमा बस्दै

प्रबुद्ध समूहको बैठक काठमाडौंमा बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल र भारत प्रबुद्ध समूह (इपिजी) को बैठक आजदेखि काठमाडौंमा बस्ने भएको छ । दुई दिनसम्म चल्ने बैठकमा दुई देशबीचको सम्बन्धका विभिन्न् बिषयमा छलफल हुनेछन ।

यसअघि गत पुस २७ र २८ मा भारतको नयाँ दिल्लीमा बसेको छैटौं बैठकमा सन् १९५० को सन्धिमाथि दफावार छलफल भएको थियो । सन्धिको धारा २, ५, ६ र ७ परिमार्जन गर्ने र त्यसको ढाँचा नेपाली पक्षले तयार पार्ने सहमति भएको थियो । नेपाल र भारतबीचका सम्बन्धलाई पुनरावलोकन गर्ने तथा दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने विषयमा दुवै देशका सरकारलाई सुझाव दिने र सिफारिस गर्ने म्यान्डेट छ। 

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको भारत भ्रमण (२०६८ कात्तिक ३–६) को बेलामा नेपाल भारत सम्बन्धको विविध आयामलाई समयानुकूल बनाउने र नयाँ तरिकाले परिभाषित गर्ने अभिप्रायले विज्ञ समूहको रायसुझाव लिएर सन्धि पुनरावलोकन गर्ने सहमति भएको थियो। त्यस्तै ०७१ साउन १८–१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबीच इपिजी गठन गर्ने सहमति भएको थियो। 

केपी शर्मा ओली पहिलोपटक भारत भ्रमण (०७२ फागुन ७–१२) का बेला इपिजी सदस्य घोषणा भएको थियो।

इपिजीको नेपाली समूहमा पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापा (संयोजक), पूर्व सांसद डा राजन भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय छन्। त्यस्तै भारतीय समूहमा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी (संयोजक), प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती तथा कूटनीतिज्ञ जयन्तप्रसाद छन्। 

Logo