इटालीविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

इटालीविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईको वानखेडे रंगशालामा इटालीले टस जितेर पहिले बलिङ रोजेको छ । अब नेपाल ब्याटिङमा उत्रनेछ ।

दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन्। पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो। समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ।

टी–२० फर्म्याटमा नेपाल र इटालीबीच पहिलोपटक भेट हुँदैछ । यसअघि ५० ओभरको खेलमा तीन पटक प्रतिस्पर्धा हुँदा नेपालले सबै खेल जितेको थियो। पछिल्लो भेट सन् २०१३ मा भएको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन–स्रोत मानिएका छन्। कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन्।

इटाली पहिलोपटक विश्वकप खेलिरहेको छ। नियमित कप्तान वेन म्याडसन चोटका कारण उपलब्ध छैनन्। जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट तथा मानेन्टी र मुस्का दाजुभाइ टोलीका मुख्य खेलाडीका रूपमा छन्।

Skip This
Skip This
Logo