काठमाडौं– नेपाल राष्ट्रिय वाणिज्य संघको दोश्रो राष्ट्रिय महाधिवेशन बाट निर्वाचित केन्द्रिय कार्यसमितिको पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भयो ।
नेकपा एमाले स्थायि कमिटी सदस्य तथा उद्योग तथा वाणिज्य विभाग प्रमुख मुकुन्द न्यौपानेको प्रमुख आतित्थयता एवं संघका निवर्तमान अध्यक्ष धनराज आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष मोतिराज ज्ञवाली सहित ७७ सदस्यीय पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरे ।
उक्त समारोहमा शुभकामना मन्तव्य दिदैं न्यौपानेले व्यवसायीहरुलाई उदमशिल क्षेत्रमा लगानी गरी मुलुकको समृद्धिका लागि योगदान दिन आह्वान गरे । नेपाल उद्योग तथा व्यवसायी महासंघका उपाध्यक्ष भिमलाल पौडेल लगायतले निर्वाचित कार्य समितिको सफलताको लागि शुभकामना दिए । पदभार ग्रहण पश्चात अध्यक्ष मोतिराज ज्ञवालीको अध्यक्षतामा वसेको पुर्ण बैठकले केन्द्रिय सचिवालय, नौ वटा विभागको गठन, संघको आगामी कार्यदिशा लगायत विविध प्रस्तावहरु पारित गरी सम्पन्न भएको संघका केन्द्रिय सचिब तथा प्रचार बिभाग प्रमुख रमेश बरालले जानकारी दिए ।































प्रतिक्रिया