काठमाडौं
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सबै स्थानीय तहमा सहज र सुलभ तरिकाले विद्युत पहुँचका लागि विद्यत उत्पादन र वितरण प्रणालीमा सूचना सञ्चार प्रविधि (आईसीटी) को अधिकतम प्रयोग आवश्यक रहेको बताउनु भएको छ । "/>

विद्युतीकरणमा सूचना प्रविधिको प्रयोग गर्न जोड

विद्युतीकरणमा सूचना प्रविधिको प्रयोग गर्न जोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सबै स्थानीय तहमा सहज र सुलभ तरिकाले विद्युत पहुँचका लागि विद्यत उत्पादन र वितरण प्रणालीमा सूचना सञ्चार प्रविधि (आईसीटी) को अधिकतम प्रयोग आवश्यक रहेको बताउनु भएको छ । ‘सन् २०२५ सम्म सबैलाई ऊर्जामा पहुँच र त्यसका लागि गर्नु पर्ने तयारी’ का विषयमा बारबरा फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको बारबरा एडम्स अन्तक्रिया कार्यक्रममा घिसिङले विद्युतीकरण र समावेशी विद्युत उपभोगलाई सूचना प्रविधिको माध्यमबाट ठूलो सहयोग पुग्ने बताउनु भयो । अहिले मुलुकको कुल जनसंख्याको ६० प्रतिशतलाई मात्र राष्ट्रिय प्रसारणलाइनले छुन सकेको छ ।

सञ्चालनमा रहेका प्रसारणलाइनमा पनि विभिन्न प्राविधिक कठिनाइका कारणले विद्युत वितरण प्रणाली चुस्त हुन नसकेको भन्दै घिसिङले ‘स्मार्ट ग्रिड’ को अवधारणा अन्तर्गत काम गर्न प्राधिकरण लागिपरेको बताउनुभयो । ‘वितरण प्रणालीको डिजिटल प्रणालीमा लैजान तथा स्मार्ट ग्रिडको अवधारणा लागू गर्न हामीले तयारी गरिरहेका छौं । तर त्यो काम सजिलो भने पक्कै पनि छैन ।’ घिसिङले भन्नुभयो ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजना एकवर्ष भित्रै उत्पादन शुरू गर्न लागेको भन्दै घिसिङले विद्युत बैंकिङ मार्फत वर्षायाममा नेपालमा बढी भएको विद्युत भारतलाई दिने र हिउँदमा आयात गर्न सकिने बताउनुभयो । नेपालमा अहिले सञ्चालन भईरहेका अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित (पिकिङ रन अफ रिभर) भएकाले सुख्खायाममा क्षमता भन्दा निकै कम विद्युत उत्पादन हुने गरेको छ । विद्युत बैंकिङ मार्फत वर्षायाममा भारतमा विद्युत पठाउने र हिउँदमा आयात गर्ने सकिने उहाँले बताउनुभयो ।
नेपाल समाचारबाट

Skip This
Skip This
Logo