पोखरा

अवैध लागू औषध कारोबार गरेको अभियोगमा दक्षिण कोरियाली प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक व्यक्ति पोखराबाट पक्राउ परेका छन् । "/>

दक्षिण कोरियाका मोस्ट वान्टेड ली पोखरामा समातिए

दक्षिण कोरियाका मोस्ट वान्टेड ली पोखरामा समातिए

केन्द्रबिन्दु
0
Shares

पोखरा

अवैध लागू औषध कारोबार गरेको अभियोगमा दक्षिण कोरियाली प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक व्यक्ति पोखराबाट पक्राउ परेका छन् । लागूऔषध ओसारपसार सहित ठगी मुद्दा पनि लागेर ‘मोस्ट वान्टेड’ रहेका दक्षिण कोरियाली नागरिक सिउङ् वन लीलाई प्रहरीले पोखराको लेकसाइडस्थित न्यु फ्रेन्ड्ली होम होटलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका ली लाई नेपालले दक्षिण कोरिया फिर्ताको तयारी गरेको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनबाट पनि रेड कर्नर नोटिस जारी भएका लीलाई प्रहरीले अध्यागमन विभागमा बुझाएपछि कोरिया फिर्ता गर्न लागिएको हो । ली लाई आफ्नो देशमा लैजान कोरियाबाट आज (शुक्रबार) प्रहरीको एउटा टोली पनि काठमाडौँ आउने भएको छ । फिलिपिन्सबाट कोरियामा लागूऔषध ओसारपसार गरेको मुद्दामा उनी विरुद्ध कोरियाको अदालतले १० वर्ष जेल सजायँ सुनाएको थियो । ली कम्बोडिया र हङकङमा समेत फरार व्यक्तिको सूचीमा छन् ।

अवैध लागु औषध कारोवार गरेको अभियोगमा ली विरुद्ध इन्टरपोल महासचिवालयले सन् २०१६ सेप्टेम्बरमा रेड कर्नर नोटिस निकालेको थियो । लीले फिलिपिन्सबाट अवैधरुपमा आफ्नो देशमा लागूपदार्थ आयात गर्ने गरेका थिए । ली अहिले ६ दिन देखि काठमाडौँस्थित अध्यागमन विभागको हिरासतमा रहेका छन् ।
अन्नपूर्णबाट

Logo