चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजन उत्सव

चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजन उत्सव

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ। पोखराको चर्चित युवा भजन समूहसहितको महाशिवरात्रि भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा आइतवार आयोजना हुने भएको छ ।

भालेश्वर महादेव मन्दिर प्राङ्गणमा दिनभरि महाशिवरात्रि विशेष भजन कार्यक्रम चल्ने छ। दिउसो २ देखि ५ बजेसम्म युवा भजन समूहले विशेष भजन प्रस्तुती दिनेछन्। कार्यक्रममा सहभागी भक्तजनले भजन गर्ने र श्रवण गर्दै आध्यात्मिक अनुभव लिन सक्नेछन्।

साँझ शिव धुनीसँगै महाआरती ग्रहण गर्ने अवसर पनि हुनेछ। महाआरतीमा सहभागी हुने भक्तजनका लागि चन्द्रागिरी केबलकारले साँझ ४ः३० बजेपछि ५० प्रतिशत छुट प्रदान गर्नेछ। सुविधालाई अझ सहज बनाउन केबलकार साँझ ८ बजे सम्म सञ्चालनमा रहनेछ ।

यस भजन उत्सवले भालेश्वर महादेवको धार्मिक–सांस्कृतिक महत्त्व र भक्तजनको आध्यात्मिक अनुभवलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको छ । भक्तजन र भजन संगीतप्रेमीहरूले भजन संगीत, भक्ति र आध्यात्मिक उर्जासँगै महाशिवरात्रिको अनुभव लिन सक्नेछन्।

उक्त उत्सवले स्थानिय धार्मिक परम्परा र सांस्कृतिक पहिचानलाई बढावा दिनुका साथै पोखराको युवा भजन समूहको प्रतिभालाई पनि दर्शाउने अवसर प्रदान गर्नेछ।

Logo