काठमाडौं
राष्ट्रिय जनता पार्टी (राजपा) मा मन्त्रीका आकांक्षी धेरै हुँदा प्रदेश २ मा सरकार विस्तारमा ढिलाइ भएको छ । "/>

प्रदेश नं. २ः सरकार विस्तारमा किन ढिलाई ? यस्तो छ कारण

प्रदेश नं. २ः सरकार विस्तारमा किन ढिलाई ? यस्तो छ कारण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
राष्ट्रिय जनता पार्टी (राजपा) मा मन्त्रीका आकांक्षी धेरै हुँदा प्रदेश २ मा सरकार विस्तारमा ढिलाइ भएको छ । संयुक्त सरकारमा संघीय समाजवादी फोरमले चार र राजपाले तीन मन्त्रालय लिएका छन् । फोरमबाट मुख्यमन्त्री सहित दुई र राजपाबाट एक मन्त्रीले शपथ लिइसकेका छन् । राजपाले पाएका बाँकी दुई मन्त्रीमा चारजनाले दाबी गरेको स्रोतको भनार्इ छ । फोरमले बाँकी दुई मन्त्रीको टुंगो लगाइसके पनि राजपाले नाम नदिएका कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको संघीय फोरमका प्रदेश मुख्यसचिव शम्भु झाले बताए ।

यसअघि फोरमबाट मुख्यमन्त्री मो लालबाबु राउत गद्दी र आर्थिक मामिलामन्त्री विजय यादवले शपथ लिइसकेका छन् । त्यस्तै राजपाबाट संसदीय दलका नेता जितेन्द्र सोनलले पनि शपथ लिएका छन् । उनले अहिले राजपाले पाएका तीन वटै मन्त्रालय सम्हालिरहेका छन् । यसअघि संघीय फोरमले मुुख्यमन्त्री सहित चार मन्त्रालय र राजपाले सभामुख सहित तीन मन्त्रालय लिने गरी सत्तासाझेदारीको सहमति भएको थियो । एक सय सात सदस्यीय प्रदेश सभामा संघीय फोरमका २९ र राजपाका २५ सांसद छन् ।
नयाँपत्रिकाबाट

 

Logo