बैतडीका टोल–टोलमा नसर्ने रोगको परीक्षण अभियान सञ्चालन

बैतडीका टोल–टोलमा नसर्ने रोगको परीक्षण अभियान सञ्चालन

केन्द्रबिन्दु
48
Shares

दशरथचन्द। जिल्लामा नसर्ने रोगको जोखिम बढेपछि परीक्षण अभियान सञ्चालन गरिएको छ । स्वास्थ्यकर्मीहरू टोल–टोलमै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार एकमहिने अभियानअन्तर्गत गाउँपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । आठवटै वडाका ६६ टोलमा स्वास्थ्यकर्मी खटाएर परीक्षण भइरहेको छ । परीक्षणका क्रममा आवश्यकताअनुसार औषधि वितरणसमेत गरिँदै आएको छ ।

अभियानअन्तर्गत ३० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै आएको छ । उच्च रक्तचाप, मधुमेह, उचाइ र तौलको अनुपातजस्ता सूचकको परीक्षण भइरहेको छ । परीक्षणका क्रममा समस्या देखिएका बिरामीलाई थप उपचारका लागि अस्पताल तथा स्वास्थ्य केन्द्रमा पठाउने व्यवस्था गरिएको छ ।

परीक्षण गरिएका करिब ५० प्रतिशत व्यक्तिमा स्वास्थ्य समस्या देखिएको स्वास्थ्य शाखाले जनाएको छ । समयमै पहिचान र उपचारका लागि अभियान सञ्चालन गरिएको बताइएको छ ।

सिगास गाउँपालिकाले पनि नसर्ने रोगसम्बन्धी परीक्षण अभियान सञ्चालन गरेको छ । स्वास्थ्य शाखाका अनुसार आवश्यक स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मी परिचालन गरी टोल–टोलमै पुगेर परीक्षण गरिँदै आएको छ ।

अभियानमार्फत नसर्ने रोगको पहिचान, उपचार र जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Skip This
Skip This
Logo