पंकज धामी, काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रमुख डीआइजी पुस्कर कार्कीले ‘मोस्ट वाण्टेड’ मनोज पुनलाई पक्राउ नगरेको बताएका छन् । बुधबार रुपन्देहीमा प्रहरी इनकाउण्टरमा मारिएका पुनलाई सिआइबीको टोलीले गोवाबाट गत फागुन ६ गते पक्राउ गरिएका खवरहरु सार्वजनिक भएका थिए ।
यसरी मारिए डन मनोज पुन
इन्काउन्टरमा मारिएका मनोज पुनमाथि प्रहरीको ११ राउण्ड गोली
डीआईजी कार्कीले केन्द्रबिन्दु डटकमसँग कुरा गर्दै भने, ‘हामीले मनोज पुनलाई गोवाबाट पक्राउ गरेका छैनौं, यदि उनलाई गोवामा पक्राउ गरिएको थियो भने कसरी रुपन्देहीमा इन्काउन्टर हुन्थ्यो ? हामीले पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने थियौं नी ।’
इन्काउन्टरमा मारिएका मनोज पुनको शव बुझ्न परिवारद्धारा अस्वीकार
कार्की भन्छन्, हामीले गोवाबाट पक्राउ गरेको मान्छे रुपन्देहीमा इनकाउण्टर मारिन्छ ?घटनाबारे बाँकी बुझ्नुपरे रुपन्देही प्रहरीलाई सोध्नुहोस् । बिहान रुपन्देहीको दवदह नगरपालिका ४ भवानीपुरमा चेकजाँचमा रहेका प्रहरीमाथी पुनले गोली चलाएपछि जवाफी कारवाहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गर्यो ४ वर्षमा ६ इन्काउन्टर, ५ को मृत्यु
पुन नेपाल आउन लागेको सूचनाको आधारमा रुपन्देही प्रहरी र सीआईकबीको संयुक्त टोलीले सीमा क्षेत्रमा सर्च अप्रेशन गरेको थियो । पुन र सोम आलेले सर्च अभियानमा गएको सीआईबीका अंगुर डिसीको टोलीमाथि फायरिङ गरेका थिए । प्रहरीको जवाफी फायरिङमा उनीहरु घाइते भएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले जानकारी दिए ।





























प्रतिक्रिया