काठमाडौँ ।

स्थानीय नेपालटारमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ । "/>

बसको चक्काले थिचेर नेविसंघ नेताको मृत्यु

बसको चक्काले थिचेर नेविसंघ नेताको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

स्थानीय नेपालटारमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ ।

गए राति काठमाडौँको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई काभ्रेस्थली बस्ने २६ वर्षीय चन्द्रप्रकाश मोक्तानको मृत्यु भएको हो ।

मोक्तान नेपाल विद्यार्थी संघ एनआर कलेजका सचिवसमेत रहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो ।

बालाजु बाइपासबाट शेषमती आउँदै गरेको बा ७९ प २९८५ नंको पल्सर मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख २६१३ नंको बसको चक्काले थिचेको थियो ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख विश्वराज खड्काले सडक पार गर्दै गरेको अवस्थामा पैदलयात्री बचाउने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते मोक्तानको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकलको पछाडि सवार खोटाङ घर भई बानियाँटार बस्ने २२ वर्षीय मिलन परियारको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

Logo