मौलिक पर्वहरुले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गर्छ : सभापति थापा

मौलिक पर्वहरुले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गर्छ : सभापति थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्री जस्ता मौलिक पर्वहरुले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँछ र आपसी सद्भाव, सहिष्णुता तथा एकताको सन्देश प्रवाह गर्ने बताएका छन्।

महाशिवरात्री पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै थापाले धार्मिक र सांस्कृतिक पर्वहरूले मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण र संवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले सबै नेपालीबीच सम्मान, सहकार्य र राष्ट्रिय एकताको भावना प्रगाढ बनाउने पर्वको योगदान रहेको पनि जोड दिए।

सभापति थापाले महाशिवरात्रीको अवसरमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका आउँदो निर्वाचनलाई सभ्य रुपमा सम्पन्न गर्नका लागि सवै निकाय लागिपर्नुपर्ने समेत थापाले बताएका छन् ।

Skip This
Skip This
Logo