सुरजको निर्देशनमा ‘जीवन सुनमा सुगन्ध’ सार्वजनिक (भिडियो)

सुरजको निर्देशनमा ‘जीवन सुनमा सुगन्ध’ सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राहुल रक्स र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘जीवन सुनमा सुगन्ध’ बोलको गीतमा सुरज अधिकारी (सुर रक्स) को शब्द तथा संगीत रहेको सुन्न सकिन्छ । माया प्रेमको भाव बोकेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ ।

लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय तथा गायक सुरज पौडेलले भिडियोलाई निर्देशन गरेका छन् । सुरजको यो पहिलो निर्देशकीय भिडियो हो ।

उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ । जगत रेग्मीले कोरियोग्राफी गरेको भिडियोलाई प्रिजम मुभिजले निर्माण गरेको हो । भिडियोमा जुना गुरुङ र शान्तकारम थापाको अभिनय रहेको छ । भिडियो :

 

Skip This
Skip This
Logo