मिथिलामा १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सुरु

मिथिलामा १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सुरु

केन्द्रबिन्दु
6
Shares

जनकपुर। मिथिलाको महाकुम्भ मानिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धनुषाको मिथिला विहारी नगरपालिका ठेरा कौचरीस्थित मिथिला विहारी मन्दिरबाट माध्यमिकी परिक्रमा सुरु गरेका छन् ।

मिथिला विहारी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीले परिक्रमाको सुरुवात गराएका हुन् । परिक्रमामा सहभागी तीर्थयात्रीले नेपाल र भारतको १३३ किलोमिटर दूरी खाली खुट्टा भजन–कीर्तनसहित तय गर्नेछन् ।

जनकपुरधामको अग्निकुण्डबाट किशोरीजीको डोला अर्थात् माता सीता र मिथिला विहारीबाट भगवान् रामको डोलासँगै सहभागीले १५ दिन लगाएर परिक्रमा गर्ने चलन छ । परिक्रमाका क्रममा नेपालको ११ धार्मिक तथा ऐतिहासिक स्थानमा विश्राम गर्दै १०७ किलोमिटर दूरी तय गरिन्छ भने भारतको २६ किलोमिटर क्षेत्रमा पर्ने चार धार्मिकस्थलमा विश्राम गरिन्छ ।

मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही हुँदै सम्पन्न हुन्छ ।

Logo