सन नेपाल लाइफ इन्स्योरेन्सको ६० करोडको आइपिओ आउँदै

सन नेपाल लाइफ इन्स्योरेन्सको ६० करोडको आइपिओ आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपिओ ल्याउने प्रस्ताब पारित गरेको छ । कम्पनीले पहिलो बार्षिक साधारणसभाबाट साधारण शेयर जारि गर्ने प्रस्ताव पारित गरेको हो। 
कम्पनीका अध्यक्ष अनुज क्यालले सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले संस्थापकका तर्फबाट अनुज क्याल, नारायण रुंगटा, किरण केसी, सशांक अग्रवाल सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ। 
कम्पनीले पुष मसान्तसम्म १४ वटा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ। कम्पनीले ३६ सयभन्दा वढी अभिकर्ता तयार पारेको जनाएको छ। पुससम्म तीन हजार ५२ वटा बीमालेख बिक्रि गरी कूल १० करोड २७ लाख प्रिमियम संकलन गरी आठ करोड दश लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

Skip This
Skip This
Logo