काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ मा अष्ट्रेलियाले ओमानमाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ । पहिले नै प्रतियोगिताबाट बाहिरिसकेको अष्ट्रेलियाका लागि यो जित केवल प्रतिष्ठाको लडाइँ र सान्त्वना मात्र साबित भएको छ।
टस जितेर अष्ट्रेलियाले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले १६.२ ओभरमा मात्र १०४ रन बनाउन सक्यो। ओमानका लागि वसिम अलीले सर्वाधिक ३२ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानहरू अष्ट्रेलियाली बलिङ आक्रमणका अगाडि टिक्न सकेनन्।
अष्ट्रेलियाका लेग स्पिनर एडम जम्पाले घातक बलिङ गर्दै मात्र २१ रन खर्चेर ४ विकेट लिए। उनलाई ग्लेन म्याक्सवेल र जेभियर बार्टलेटले २-२ विकेट लिएर साथ दिएका थिए।
१०५ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले मात्र ९.४ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। अष्ट्रेलियाका कप्तान मिचेल मार्सले ३३ बलमा अविजित ६४ रनको आक्रामक पारी खेले, जसमा ७ चौका र ४ छक्का सामेल थिए। अर्का ओपनर ट्रेभिस हेडले १९ बलमा ३२ रन बनाए।
यो जितका बावजुद अष्ट्रेलिया सुपर-८ मा पुग्न असफल रह्यो। समूह चरणमा जिम्बावे र श्रीलंकासँग अप्रत्याशित हार बेहोरेका कारण पूर्व विजेता अष्ट्रेलिया यसपटक छिट्टै घर फर्किनुपरेको हो। ओमान भने आफ्ना सबै खेल हार्दै अंकविहीन भएर बाहिरिएको छ।































प्रतिक्रिया