बाग्लुङ। बाग्लुङ क्षेत्र नम्वर १की समानुपातिक उम्मेदवार तथा नेपाली कम्युनिस्ट पार्टीकी नेतृ बलावती शर्माले बाग्लुङ नगरपालिका–७ कालीमाटीमा घरदैलो अभियान सञ्चालन गर्दै मतदातालाई तारामा मतदान गरी आफूलाई जिताउन अपिल गरेकी छन्। उनले पवित्र बाम गठबन्धनका उम्मेदवारको जित यहाँको जनताको जीत र बाग्लुङकै जीत हुने भन्दै परिवर्तनकारी शक्तिलाई समर्थन गर्न अनुरोध गरिन्।
प्रत्यक्षतर्फका उम्मेदवार तथा राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीले गिलास चिन्हमा मतदान गर्न आग्रह गर्दै मतदातालाई विवेकपूर्वक निर्णय गर्न भनिरहेका छन्। बाग्लुङमा राजमो र नेकपा विच चुनावी तालमेल भएको छ । बाग्लुङ २ मा नेकपाका ज्ञामनाथ गैरै चुनावी मैदानमा छन् । उनको पक्षमा पनि जनसमर्थन बढ्दै गएको नेकपा बाग्लुङले जनाएको छ ।
राजमो र नेकपाबीचको चुनावी तालमेलका कारण दुवै उम्मेदवार संयुक्त रूपमा घरदैलो अभियानमा सक्रिय छन्। यसपाली बाग्लुङमा नेपाली काँग्रेस,नेकपा एमाले, बाम गठबन्धन र रास्वपा विच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।































प्रतिक्रिया