फलेवास । पर्वतबाट प्रतिनिधि सभा सदस्यका कान्छा उम्मेदवार मनहरि तिमिल्सिनाले फलेवास नगरपालिका–२ थापाठानामा घरदैलो अभियान सञ्चालन गर्दै मतदातामा तारा चिन्हमा मतदान गरी आफ्नो समर्थन गर्न विनम्र अनुरोध गरेका छन्। उनले जनताको विश्वास र मतले समृद्ध पर्वत निर्माणको यात्रा अझ बलियो बन्ने बताए।
तिमिल्सिनाले मतदातासँग प्रत्यक्ष संवाद गर्दै निर्वाचनमा देखिएको जागरण, सचेतना र सुझबुझप्रति आभार व्यक्त गरे। उनले भने, “जनताको विवेकपूर्ण सहभागिता नै स्वस्थ लोकतन्त्रको बल हो। यहाँहरूले देखाउनुभएको आत्मीयता, विश्वास र जिम्मेवार सोचप्रति म हृदयदेखि आभारी छु।”
उनी आफ्नो उम्मेदवारीमा झुटा आश्वासन र रङ्गीन भाषण नभएर ठोस र गर्न सकिने योजना लिएर आएको बताए । युवाको दृष्टिकोण, सीप र रोजगारी विकास, डिजिटल इन्कम अवसर सिर्जना, विदेशमा रहेका नेपाली परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम र कार्यस्थलबाट मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता उनको प्राथमिकतामा रहेको छ ।
तिमिल्सिनाले मतदातालाई केवल दलको आधारमा नभई उम्मेदवारको योजना र प्रतिबद्धता हेरेर मतदान गर्न आग्रह गरे। उनी युवा हुनुका साथै अनुभव र योजनासहित यहाँको विकासमा योगदान पु¥याउने दाबी गरे।
घरदैलो अभियानमा स्थानीय समुदाय र युवाहरूले तिमिल्सिनाको जवाफदेहिता, उत्साह र योजनाप्रति सकारात्मक प्रतिक्रिया देखाएका छन्। उनले मतदाताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति बनाएर अगाडि बढ्ने भन्दै तारा चिन्हमा मत दिन आग्रह गरे।
पर्वत जिल्लाका मतदातामा यस अपिलले सकारात्मक ऊर्जा पैदा गरेको र स्थानीय स्तरमा सक्रिय सहभागिता बढाएको नेकपा पर्वतले जनाएको छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् “,सम्पूर्ण पर्वतवासी दाजुभाइ–दिदीबहिनीहरूमा विनम्र अपील— यसपटक तारा चिन्हमा मतदान गरी मलाई सहयोग गरिदिनुहोस्। तपाईंहरूको विश्वास र मतले समृद्ध पर्वत निर्माणको यात्रा अझ बलियो बन्नेछ।”
































प्रतिक्रिया