काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले देउवा सरकारले गरेका सबै निर्णय खारेज गर्ने भएका छन् । ओली निकट स्रोतका अनुसार निर्वाचनपछि देउवाले गरेका निर्णयहरु खारेज गर्ने तयारी ओलीले थालेका हुन् ।
यस्तै राष्ट्रियसभाका लागी देउवा नेतृत्वको सरकारले सिफरिस गरेका ३ जनाको नाम फिर्ता लिने तयारी पनि ओलीले गरेका छन् । देउवाले एकलौटी रुपमा काँग्रेस निकट व्यक्तिहरुको नाम सिफरिस गरेको भन्दै राष्ट्रपतिले मनोनयन गर्न अस्वीकार गरेकी थिइन् ।
देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेको थियो ।
संविधानअनुसार राष्ट्रियसभामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ३ जना मनोनित गर्ने व्यवस्था छ । यसअघि प्रदेशगत निर्वाचनबाट ५६ जना निर्वा्चित भएर आइसकेका छन् ।





























प्रतिक्रिया