नेपालगन्ज भन्सारः सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

केन्द्रबिन्दु
42
Shares

राँझा। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

चालु आव २०८२÷८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा माघ मसान्तसम्ममा रु ११ अर्ब चार करोड ६५ लाख ८५ हजार अर्थात् लक्ष्यको ४५.०१ प्रतिशत राजस्व असुली भएको छ । लक्ष्य पूरा गर्न बाँकी पाँच महिनामा ५५ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती रहेको छ ।

भन्सार कार्यालयको मासिक लक्ष्यअनुसार हालसम्म कुनै पनि महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेको छैन । चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशत राजस्व असुली भएको छ । आव २०८१÷८२ मा लक्ष्यको ७४.६४ प्रतिशत र आव २०८०÷८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

नेपाल–भारत सीमाको जमुनाहनाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात–निर्यात वृद्धि भई राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि पछिल्ला वर्षमा लक्ष्य पूरा हुन सकेको छैन । चालु आवको सात महिनामा गत आवको सोही अवधिको तुलनामा रु नौ करोड २४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । गत आवको सात महिनामा रु १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार राजस्व सङ्कलन भएको थियो ।

चालु आवको साउनमा रु एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा रु एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार (७४.१४ प्रतिशत), भदौमा रु एक अर्ब ९३ करोड ६४ हजार ५४ लक्ष्य रहेकामा रु एक अर्ब ३५ करोड १० लाख नौ हजार (६९.७७ प्रतिशत) राजस्व सङ्कलन भएको छ ।

असोजमा रु एक अर्ब ९८ करोड ३१ लाख ३० हजार लक्ष्य रहेकामा रु एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिकमा रु दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा रु एक अर्ब ५३ करोड ७० लाख ८२ हजार, मङ्सिरमा रु एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार, पुसमा रु दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६९ करोड ४४ लाख १३ हजार र माघमा रु एक अर्ब ६९ करोड ४० हजार लक्ष्य रहेकामा रु एक अर्ब ७० करोड एक लाख ८२ हजार राजस्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आव २०८१÷८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७ प्रतिशत, पुसमा ७१.१५ प्रतिशत र माघमा ७५.१३ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

Skip This
Skip This
Logo